एमालेको १० औं महाधिवेशन चितवनमा

maitrinews

 

काठमाडौँ । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १०(१२ गतेसम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत छन् । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एकरएक जना प्रतिनिधि रहने ज्ञवालीले बताउनुभयो ।