मन्त्री डा. शाक्यव्दारा बागमती कानून एप शुभारम्भ

maitrinews

 

हेटौडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ति शाक्यले एक समारोहका बीच बागमती कानून एप शुभारम्भ गर्नु भएको छ । सो अवसरमा उहाँले यस एपले सेवाग्राही एवं कानुन व्यवसायी समेतले सजिलै बागमती प्रदेशले बनाएका कानूनहरु हेर्न सकिने बताउनु भयो । यस एपमा बागमती प्रदेश सभाले बनाएका ऐन, नियमावली, निर्देशिका, प्रदेश राजपत्र, मुलुकी संहिता, संविधान लगायतका कानूनसंग सम्बन्धित महत्वपूर्ण जानकारी प्राप्त गर्न सकिने छ । मन्त्री डा. शाक्यले आफुले पद बहाली गरेको छोटो अवधिमै आफ्नो मन्त्रालयका बार्षिक योजनाहरु करीब करीब सम्पन्न गरिसकेको जानकारी दिनु भयो । आफूले डिजिटल बागमती प्रदेश बनाउन खोजेको र यसै सन्दर्भमा आफ्नो मन्त्रालय अन्तर्गत रहेका कुराहरु डिजिटलाईज्ड गर्ने क्रममा सेवाग्राहीहरुको हितमा ध्यान राखी यस प्रदेशमा बनेको कानूनहरु एप र वेभसाईड मार्फत हेर्नसकिने बनाएको जानकारी दिनु भयो । आफ्नो मन्त्रालयका सवै कर्मचारीहरुको सहयोग र क्रियाशीलताले गर्दा नै छोटो समयमै मन्त्रालयका अधिकांश कार्यक्रमहरु करीब करीब समाप्त भईसकेको र नियमित कामहरु मात्र बांकि रहेको पनि जानकारी गराउनु भयो ।


यस कार्यक्रममा विशेष अतिथिका रुपमा बागमति प्रदेशका मुख्य न्यायधिवक्ता मा. ओम थपलियाले यस कानुन एप सवैका लागि धेरैनै उपयोगी भएको बताउनु भयो । सात प्रदेश मध्ये पहिलो पटक बागमति प्रदेश सरकारले यो एप शुभारम्भ गर्नु भएकोमा उहाँले कानूनी व्यवसायीको हिसाबले धन्यवाद पनि दिनु भयो । बागमती कानून एप नेपाल सरकारले बनाएको एप भन्दा अझ बढी परिकृष्ट भएको जानकारी दिनु भयो ।
यस कायक्रमका अध्यक्षता गर्नु भएका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब श्री मदन भुजेलले यसरी छोटो समयमै बागमती कानुन एप निर्माण गर्न सकेकोमा माननीय मन्त्रीज्यूको ठूलो योगदान रहेको र उहाँले पद बहाली गरे देखि नै यस मन्त्रालयको अधिकांश कार्यक्रमहरु द्रुत्ततर गतिमा अघि बढेको र उहाँले सवै कार्य छिटो सम्पन्न गराउन नियमित रुपमा घचघच्याईरहेने भएकोले नै यस मन्त्रालय सवै क्षेत्रमा चुष्ट दुरुष्ट रहेको जानकारी दिनु भयो । यो एपका डेभलपर निटेस दाहाल लगायत सवै कर्मचारीहरुलाई उहाँले धन्यवाद दिदैं आफ्नो मन्त्रालयलाई माननीय मन्त्री डा. शाक्यज्यूको भावना अनुसार अघि बढाउने जानकारी दिनु भयो ।
यस क्रार्यक्रम मन्त्रालयका कानुन उपसचिब नारण प्रसाद पोखरेल ले संचालन गर्नु भएको थियो भने यस एप डेभलपर नितेश दाहालले एप बारे विस्तृत रुपमा जानकारी दिनु भएको थियो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सभा कक्षमा भएको यस कार्यक्रम सचिब मदन भूजेललले सवैलाई धन्यवाद दिंदै समापन गर्नु भएको थियोे ।