भारतद्वारा जयनगर कुर्था रेलमार्ग खण्ड नेपाललाई हस्तान्तरण

maitrinews

 

कााठमाडौँ । शुक्रवार नेपालको धनुषा कुर्थादेखि भारतको जयनगरसम्म चल्ने झण्डै ३५ किलोमिटर रेलखण्ड भारतले नेपाललाई हस्तान्तरण गरेको छ। यससँगै एक वर्षदेखि जनकपुर आइपुगेर थन्किएको रेल शीघ्र सञ्चालनको लागि थप एउटा अवरोध हटेको रेल विभागका प्रवक्ताले बताएका छन्।

नेपालले किनेर पनि एक वर्षभन्दा बढी समयदेखि रेल सञ्चालन गर्न नसकिरहँदा अन्तर्देशिय उक्त रेलखण्ड नेपालको स्वामित्वमा आएको हो।

आज भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको एउटा खण्ड हस्तान्तरण गरिएको हो।