देउवा र मोदीबीच भेटवार्ता

maitrinews

 

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटीस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको हो ।
उहाँहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भयो ।

यसअघि देउवा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बोलाएको ब्रेकफास्ट बैठकमा सहभागी हुनुभयो ।
प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षसंग र अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु विज्ञ जोन केरीलगायतसँग पनि भेट्ने तालिका छ ।