प्रचण्डका पछि किन लागिएछ भनेर लाज लाग्छ : प्रभु साह

 

चितवन । नेकपा एमालेका नेता प्रभु साहले युद्धका बेला आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको भए पनि अहिले सम्झेर लाज लाग्ने बताउनुभएको छ ।
चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा साहले अहिले प्रचण्ड पहिले जस्तो नभएको आरोप लगाउनुभयो । ‘हामीलाई पनि लाज हुन्छ हामी किन यस्ताका पछि लागेछौं,’ उहाँले भन्नुभयो, ‘चुनाव लड्दा कम्युनिष्टका लागि भन्दै भोट माग्नुभयो, त्यसमा पाँच वर्ष पनि टिक्नु भएन ।’

‘भरतपुर काण्ड’ चितवनका लागि धब्बा भएको भन्दै त्यो मेटाउन जरुरी रहेको बताउँदै उहाँले अहिले पनि असली माओवादी एमालेमै रहेको दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *