इराकी प्रधानमन्त्री खादिमी हत्या गर्ने प्रयास

 

बग्दाद ।इराकी प्रधानमन्त्री मुस्तफा अल(खादिमीले राजधानी बग्दादस्थित आफ्नो निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको बताएका छन्।
उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ। अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो।

सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री अल(खादिमीलाई अस्पताल लगिएको थियो। तर उनले आफू घाइते नभएको बताएका छन्।

सामाजिक सञ्जालमा ट्विटरमा उनले ूइराकको हितका लागि सबैलाई शान्त र संयमितू हुन आह्वान गरेका छन्।

अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएका छन्।

कैयौँ सरकारी भवन र दूतावासहरू अवस्थित क्षेत्रमा देशका प्रधानमन्त्रीमाथि त्यसरी आक्रमण भएको हो।

अहिलेसम्म कसैले आक्रमण आफूले गराएको दाबी गरेको छैन।

अमेरिकाले घटनालाई ूआतङ्कवादी कृत्यू को सङ्ज्ञा दिएको छ। उसले अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *