सियरालिओनमा ट्याङ्कर विस्फोटमा ८४ जनाको मृत्यु

 

प्रिटाउन । एउटा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग सियरा लिओनको राजधानी फ्रीटाउनमा जुझेर विस्फोट हुँदा कम्तीमा ८४ जनाको मृत्यु भएको छ।

आगलागी हुनु अघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधनमा सल्किएको थियो।

स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा ट्याङ्कर वरिपरि नराम्ररी डढेका शवहरू देखिन्छ।

राष्ट्रपति जुलियस मादा बायोले ुदुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुख लागेकोु बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *