अमेरिकामा साङ्गितिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा ८ को मृत्यु

 

टेक्सास । र्‍यापर ट्राभिस स्कटले प्रशंशकहरू तनावमा परेको देखेपछि गाउन रोकेका थिए
अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उदघाटनका अवसरमा कम्तीमा ८ जना मानिसको मृत्यु भएको छ र कैयौँ घाइते भएका छन्। ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भिड मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको अधिकारीहरूले बताएका छ्न।
अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको मृत्यु भयो।
करिब ३०० जनालाई चोटपटक लागेर उपचार गरिएको थियो।

महोत्सवमा करिब ५० हजार मानिसको सहभागिता थियो।
ब्कतचयधयचमि अयलअभचत, छ ल्यखझदभच

तस्बिर स्रोत, न्भततथ क्ष्mबनभक
तस्बिरको क्याप्शन,

अमेरिकी र्‍यापर लिल बेबीले पनि उक्त महोत्सवमा प्रस्तुती थियो

घटना शुक्रवार राति स्थानीय समय अनुसार करिब सवा ११ बजे भएको थियो।

ूमानिसको भिडले मञ्चको अघिल्लो भागलाई थिच्यो र मानिसहरू आतङ्कित हुन थाले,ू ह्युस्टन, अग्नि नियन्त्रक प्रमुख स्यामुयल पेनाकाले पत्रकारहरूलाई बताए।

उनका अनुसार भागाभागमा परी मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका हुन्।

ह्युस्टन क्रोनिकलका अनुसार, सोही सहरका र्‍यापर ट्राभिस स्कट आफ्नो ७५ मिनेट लामो प्रस्तुति अवधिमा धेरै पटक रोकिएका थिए। उनले अगाडि बसेका दर्शकहरूबीच तनाव सिर्जना भएको देखेका थिए।