नेपाल हटेपछि एमाले विवादरहित : ओली

maitrinews

 

काठमाडौँ । ‍नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितको नेताहरु बाहिरहँदा विवाद अन्त्य भएको बताउनुभएको छ। सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भने केही मानिस चोइटिएर जाँदा ल्याङल्याङ सकिएको बताउनुभयो ।

अध्यक्ष ओलीले १० औं महाधिवेशनमा उम्मेदवार बन्ने कि नबन्ने भन्ने निर्णय गरिनसकेको बताउनुभयो । । ओलीले भन्नुभयो,मैले उठ्ने, नउठ्ने अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेर उपाध्यक्ष भीमबहादुर रावलले आफूप्रति सम्मान, माया र स्नेह देखाएको पनि ओलीको भनाइ थियो । रावलजीले मलाई चुनौती दिनुभएको छैन ।
ओलीले १० औं महाधिवेशनमा नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आउने बताउनुभयो । नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आउँछन् । तिनीहरुले बोक्न भ्याउ सक्ने जति मानिस चितवनमा हुन्छन् ।