भारत र रुसबीचको सम्बन्ध पुरानै अवस्थामा
नयाँदिल्ली । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार गरेको भारत भ्रमणलाई अन्तर्राष्ट्रिय रुपमा चासोका साथ हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति पुटिन मात्रै नभएर दुवै देशका विदेश तथा रक्षामन्त्रीहरु छुट्टै वार्ता भएको थियो । व्यापार, रक्षासहितका क्षेत्रमा सम्बन्धविस्तारका लागि दुवै देशबीच २८ वटा समाझदारी पत्रमा हस्ताक्षर गरेका छन् । भारत रुसबीच ५१ अर्ब भारतीय रुपैयाँको सुरक्षाको सम्झौता भएको छ ।
सोमबार ५ घण्टाका लागि भारत आएका पुटिनको भ्रमणलाई भारतीय सञ्चार माध्यमहरुले अमेरिका र चीनसहित विश्व राजनीतिमा चासो रहेको बताएका छन् ।
पछिल्लो समयमा भारतको अमेरिकासँग बढेको निकटता र त्यसमा रूसले असन्तुष्टि व्यक्त गर्दै आएको थियो । अर्कोतर्फ भारतसँग तनावपूर्ण सम्बन्ध रहेको चीनसँग रूसको बढ्दो सहकार्य र निकटताको कारण पनि यो भ्रमणलाई साथ हेरिँदै आएको थियो । भारतले विदेश तथा रक्षामन्त्रीको संयुक्त बैठकमा चीनसँग पूर्वी लद्दाखमा भएको तनावको बारेमा जानकारी गराएको थियो ।
ुरूस भारतबीच सम्बन्ध निकै पुरानो हो । सोभियत संघको पतनपछिको एक दशक जति सम्बन्ध त्यति राम्रो भएन । पुटिन सत्तारोहणपछि सम्बन्धलाई सुधार हुँदै आएको हो । त्यो भ्रमण त्यसकै निरन्तरता हो,ु मध्य एसिया र रूसको अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका तारा जोशीले भने, ुशीतयुद्धको समयमा अमेरिका भारतबीच सम्बन्ध राम्रो थिएन । पछिल्लो समयमा दुवै देश नजिक हुँदै गएका छन् । भारतले अमेरिका र रूसबीच सम्बन्धलाई सन्तुलन साथ अघि बढाउन खोजेको देखिन्छ ।ु
कोरोना महामारी सुरु भएपछि पुटिन पहिलो पटक एसियाली मुलुकको भ्रमणमा आएका हुन् । उनको रूसबाहिर यो दोस्रो भ्रमण हो । यसअघि नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न गत जुनमा उनी स्विजरल्यान्डको जेनेभा गएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो भ्रमणलाई मस्कोले दिल्लीलाई दिएको महत्त्वको रुपमा लिएका छन् ।
सम्बन्ध निरन्तरता भए पनि यस क्षेत्रको परिस्थिति भने फरक हुँदै गएको अवस्थामा भ्रमण भएको हो । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ति, भारत र चीनबीच सीमा क्षेत्रमा तनाव, कोरोना महामारी, अस्ट्रेलिया, बेलायत र अमेरिकाबीच सुरक्षासम्बन्धी सम्झौता, हिन्द प्रशान्त क्षेत्रमा बढ्दो सामारिक प्रतिस्पर्धाको विषय रहेको छ ।
अमेरिकासँग भारतको बढ्दो सम्बन्ध रूसलाई मन परेको छैन । अमेरिकाको इन्डो प्यासिफिक स्टाट्रेजी र भारत, अस्ट्रेलिया, जापान र अमेरिकाबीचको क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग ९क्वाड० चर्को आलोचक रूपमा रूस रहेको छ ।
अमेरिका चीन बढ्दो प्रभावलाई नियन्त्रण गर्ने विषयमा अघि सारेको रणनीतिमा भारतले नेतृत्वदायी भूमिका खेलोस भन्ने चाहन्छ । ुइन्डो प्यासिफिकमा पनि पूरै अमेरिकासँग निर्भर हुनुपर्छ भन्ने भारत पनि छैन,ु सामरिक मामिलाका जानकारी सांसद दीपकप्रकाश भट्टले भने, ुओकस र क्वाडको विषयमा पनि मध्यमार्गको बाटो लिँदै भारत अघि बढ्न खोजेको देखिन्छ ।ु
गत अगस्टमा अमेरिकाले पूरै सैनिक फिर्ता लगेपछि त्यसले भारतीय समारिक स्वार्थमा लागेको धक्का र रूसले बढेको प्रभावले पनि पुटिनको भ्रमणबाट निस्कने निष्कर्षलाई चासोका साथ हेरिँदै आएको थियो ।
वासिंगटनका रहेका ुइन्डिया इन द एरा अफ चाइना बेल्ट एन्ड रोड इनिसिएटिभ्सुका लेखक अनिल सिग्देलका अनुसार अफगानिस्तानबाट अमेरिका बाहिरिएसँगै यस क्षेत्रमा रूसको प्रभाव बढेको र भारतमाथि अमेरिकी प्रभावलाई विस्तार हुन नदिनका लागि दबाब दिँदै आएको छ । ुअफगानिस्तानमा मात्रै नभएर रूसको प्रभाव पाकिस्तान र इरानसम्म विस्तार भएको छ । अमेरिकी सेना फर्किएपछि अफगानिस्तान मामिलामा समेत रूस शक्तिशाली बनेको छ,ु उनले भने, ुअफगानिस्तानमा छिर्न पनि भारतलाई रूसको साथ चाहिने भएको छ ।ु
दिल्ली मस्कोको सबैभन्दा ठूलो रक्षा साझेदार हो । भारतले पछिल्लो समयमा फ्रान्स र इजरायलबाट हतियार खरिदलाई बढाए पनि भारतीय सेनाले प्रयोग गर्ने आधाभन्दा बढी अस्त्र रूसकै हुने गरेका छन् । ुअहिलेसम्म भारत रक्षामा रूससँग निर्भर रहेको छ । भारतले अहिले नै तत्काल त्यसलाई प्रतिस्थापन गर्न पनि सक्दैनु, भट्टले भने, ुतर एकै स्थानमा पनि भर नपर्ने देखाएको छ ।ु
भारतले अमेरिकी नाकाबन्दीको चेतावनीलाई बेवास्ता गर्दै रूसबाट ुएस फोर हन्ड्रोडु क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले खरिद गरेको छ । रूसबाट हतियार खरिद गरेको विषयको भारतले विशेष छुट नपाउने बताइसकेको छ। ुअमेरिकाको नाकाबन्दी लगाउने चेतावनीलाई बेवास्ता गर्दै भारतले रूसबाट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एस(४०० किनेको छ । यसबाट पनि मस्कोले दिल्लीलाई कति महत्त्व दिएको छ भनेर प्रस्ट हुन्छ,ु सिग्देलले भने ।
दिल्लीले पनि मस्कोसँग सम्बन्ध सुदृढ बनाउँदै काबुलसम्म पुग्ने बाटो खोजेको छ । मध्य एसियामा आफ्नो प्रभावलाई विस्तार गर्न र पाकिस्तानलाई सन्तुलन बनाइराख्नका लागि अफगानिस्तानसँग सम्बन्धलाई समान्यीकरण गर्नु उत्तिकै महत्त्वपूर्ण हुने हुन्छ । तालिबानलाई भारतले औपचारिक मान्यता दिएको छैन । त्यसैगरी एसिया क्षेत्रलाई प्रभाव पार्नेसक्ने बाह्य शक्तिको रुपमा रूस रहेको छ । गत नोभेम्बरमा रूसले अफगानिस्तान समस्या समाधानका लागि तालिबानसहितको अन्तर्राष्ट्रिय सम्मेलनमा आयोजना गरेको थियो । जसमा भारत पनि आमन्त्रण गरिएको थियो ।
भारत रूसबीच रक्षा सम्बन्ध मजबुत भए पनि आर्थिक सम्बन्ध भने चीनको तुलनामा कम रहेको छ । मोदी र पुटिनबीच दुवै देशबीचको व्यापार सन् २०२५ सम्ममा ३० अर्ब डलर बराबर पुर्याउने समक्षदारी भएको छ जबकि तनावग्रस्त सम्बन्ध रहेको चीन र भारतबीच यो वर्ष व्यापार १ खर्ब डलर नाघेको छ ।
शीतयुद्धको समयमा भारत रूसबीच सामारिक, सैनिक, आर्थिक र कूटनीतिक सहकार्य रहेको थियो । रूसले कश्मीरको विषयमा भारतको पक्षमा राष्ट्रसंघमा भिटो प्रयोग गरेको थियो । शीतयुद्धको समयमा पाकिस्तान अमेरिकाबीचको सम्बन्ध मजबुत हुँदा रूस भारतबीच सम्बन्ध मजबुत रहेको थियो ।
गेन्नाडी यनायेभको नेतृत्वमा सुधारवादी मिखाइल गोर्वाचोभलाई बन्दी बनाएर कट्टरपन्थी कम्युनिस्टहरूले सोभियत संघ कब्जा गर्न खोजेका थिए । भारतले यनायेभलाई समर्थन गरेको थियो । यनायेभको विद्रोहलाई बोरिस यल्तसिनको नेतृत्वमा असफल बनाइएको थियो । त्यसपछिको एक दशक येल्तसिन हुँदा भारत(रूस सम्बन्ध राम्रो हुन सकेन । आफैं टाट पल्टिएको रूसले भारतलाई सहयोग गर्न सक्ने अवस्थामा पनि थिएन । पुटिनको सत्तारोहणसँगै भारतसँगको सम्बन्धमा सुधारको प्रयास भयो । प्रत्येक वर्ष दुवै देशका नेताहरुबीच भेट हुने गरेको थियो । तर सन् २०१९ सेप्टेम्बरयता मोदी र पुटिनबीच भेट भएको थिएन । कोरोनाको कारण यस्तो भनाइ सरकारी भनाइ छ ।
अर्कोतर्फ भारत अमेरिकाबीच सम्बन्धमा नयाँ उचाइमा पुगेको छ । मनमोहन सिंहको समयमा सुरु भएको सम्बन्ध सुधारको प्रयास चीनसँग जारी सीमा विवादमा झनै बढेको छ ।
आम रूपमा पनि भारतभित्र रूससँगको सम्बन्धलाई आममानिसमा पनि स्वीकार्य विषयको रुपमा रहेको छ । चीनसँगको युद्धको कारण र अमेरिकाले लामो समयदेखि पाकिस्तानलाई दिँदै आएको सहयोगको कारणले आम मानिसमा त्यति राम्रो मान्दैनन् ।
रूस पहिलेदेखि नै अमेरिकासँग भारतको सम्बन्ध विस्तारको विषयमा असन्तुष्ट रहँदै आएको थियो । दक्षिण एसियामा अमेरिका प्रभावलाई कम बनाउनका लागि दबाब दिँदै आएको थियो ।
अर्कोतर्फ भारत र चीन दुवैका लागि रूससँगको बढ्दो सम्बन्धलाई सहज रुपमा लिन्छन् । ुचीनले यस क्षेत्रमा अमेरिकाको प्रभावलाई सँधै नकार्छु सिग्देलले भने, ुअहिलेसम्म भारत भने कुनै विषयमा आएको अमेरिकालाई स्वागत गर्न केहीमा नगर्ने देखिन्छ ।ु सिग्देलका अनुसार पुटिनको भ्रमणको नेपालसहितका विभिन्न देशहरुमा प्रत्यक्ष नभइ परोक्ष प्रभाव पर्ने छ ।