पौडेललाई फकाउँदै देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजनीतिबाट बाहिर जाने कुरा नगर्न आग्रह गर्नु भएको छ । । पौडेल निवास बोहोराटर पुगेर देउवाले ुराष्ट्रका लागि तपाईंको आवश्यकता छु भन्दै राजनीतिबाट बाहिर जाने कुरा नगर्न आग्रह गर्नु भएको हो ।
१४औं महाधिवेशनबाट पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट आफू अलग रहने भन्दै पौडेलले शनिबार विज्ञप्ति निकाल्नु भएकमो छ । पौडेललाई भेट्न निवास पुगेका देउवालाई महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्श विपरित अस्वस्थ्य प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताउनुभयो ।
पौडेलले महाधिवेशनलाई स्वस्थ्य प्रतिस्पर्धामा रहेका सबैलाई कांग्रेसलाई कांग्रेस जस्तो बनाउन आग्रह समेत गर्नु भएको छ ।
