एमसीसीका लागि सर्वदलीय बैठक गरिने

maitrinews

 

काठमाडौं । एमसीसीका लागि सर्वदलीय वैठक गरिने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका विषयमा सर्वपक्षीय बैठक राख्न प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गर्नुभएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानुभएको थियो । सो क्रममा प्रचण्डले एमसीसीका विषयमा राजनीतिक दलहरु, नागरिक समाज, संचार क्षेत्र र सम्वन्धित विषय विज्ञसँग सर्वपक्षीय बैठक राख्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको हो ।
‘प्रचण्डले एमसीसीका विषयमा राजनीतिक दलहरु, नागरिक समाज, संचार क्षेत्र र सम्बन्धी विषय विज्ञसँग सर्वपक्षीय बैठक राख्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो, यस्तै समसामयीक राजनीतिक अवस्थाका विषयमा पनि छलफल भयो भने कांग्रेस सभापतिमा निर्वाचित बनेकोमा समेत देउवालाई उहाँले बधाइ दिनुभयो ।