निर्वाचनपछि एमाले पहिलो शक्ति बन्छ : पोखरेल

 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आउने निर्वाचनपछि नेकपा एमाले पहिलो शक्तिको रूपमा स्थापित हुने बताउनुभएको छ ।
मंसिर २५ र २६ मा बसेको एमाले केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पोखरेलले जनमतबाट एमाले पहिलो शक्तिको रूपमा उदाउने बताउनुभयो । त्यसका लागि आवश्यक तयारी सुरू गरिएको उहाँको भनाइ थियो ।

‘अहिले गठबन्धन एकातिर र सिंगो एमाले अर्कोतिर विभाजित छ । जनताले विश्वास गर्ने भएकाले बलियो शक्तिको एकमात्र विकल्प एमाले हो । हामीले महाधिवेशनबाटै निर्वाचनको तयारी सुरू गरिसकेका छौं’, महासचिव पोखरेलले भन्नुभयो।

जिल्ला र प्रदेश अधिवेशन गर्ने तयारीसँगै आगामी निर्वाचनका लागि जनतासामु आफ्ना एजेण्डा लिएर जाने उहाँको भनाइ छ ।

जनमतलाई हेला गर्दै गैरसंवैधानिकरूपमा एमालेमाथि विभिन्न शक्तिले आक्रमण र प्रहार गर्ने गरेको उहाँले टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *