एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन

 

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेपाल मजदूर किसान पार्टीले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।

पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्‍वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका हुन् । कोटेश्वरबाट आएकाहरु सिभिल अस्पताल अगाडि, माइतीघरबाट आएकाहरु एभरेस्ट होटल अगाडी र पुरानो बानेश्‍वरबाट आएका प्रदर्शनकारीले पानी ट्‍यांकी अगाडि एमसीसीविरुद्ब नाराबाजी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *