एमसीसी अघि बढाउन ओलीको साथ

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी अगाडि बढाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग साथ माग्नुभएको छ । आज ओली निवास बालकोटमा भएको भेटघाटमा दुई नेताहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्न आग्रह समेत गर्नुभएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भेटका क्रममा देशको समसामयिक राजनीतिका विषयमा पनि दुई नेताबीच कुराकानी भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *