कालीगण्डकी करिडोर मुस्ताङमा कालोपत्रे

 

मुस्ताङ । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको लक्ष्यअनुसार निर्माण हुन सकेको छैन । यो सडकको मुस्ताङमा कालोपत्रे भएको छ । उत्तर–दक्षिण जोड्ने रणनीतिक सडकका रूपमा रहेको सो आयोजना सुरु भएको पाँच वर्षमा ६५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।
सडकको मुस्ताङखण्डमा अपेक्षाअनुसार काम भए पनि म्याग्दीखण्डमा भने सुस्त छ । निर्माण कम्पनीको ढिलासुस्ती र भौगोलिक कठिनाइका कारण म्याग्दीखण्डको निर्माणले गति लिन नसकेको जनाइएको छ ।

बेनी–जोमसोम हुँदै चीनको सिमाना कोरला नाकासम्मको दुई सय किलोमिटर सडकको निर्माण २०७३ मङ्सिर २१ गते थालिएको थियो । सो सडक निर्माण गर्न सात अर्ब २७ करोड रुपियाँ लागतमा १३ वटा प्याकेज बनाई ठेक्का लगाइएको थियो । जोमसोमदेखि कोरलासम्मका सात प्याकेजमध्ये छवटाको सडक स्तरोन्नतिसहित ग्राभेल हाल्ने कार्य सम्पन्न भइसकेको छ । जोमसोमदेखि माथि कोरलासम्मको सडक ग्राभेलमात्र ठेक्का लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *