काठमाडौँका १७ केन्द्रमा बुस्टर डोज

 

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको बुस्टर डोज काठमाडौंमा जिल्लाका १७ केन्द्रमा सोमबारदेखि लगाउन सकिने भएको छ । पुस ३० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लाहरुलाई बुस्टर अग्रपङ्तिमा रहेकाहरुलाई माघ २ गते आइतबारदेखि बुस्टर डोज लगाउन व्यवस्था गर्न अनुरोध गरेको थियो ।

जिल्लागत रुपमा निर्णय हुने भएपछि सबै जिल्लाले २ गतेदेखि नै भने बुस्टर डोज लगाउने अभियान शुरु गर्न सकेनन् । काठमाडौं जिल्लालेसमेत सोमबार माघ ३ गतेदेखि मात्रै बुस्टर डोज लगाउने भएको छ ।

अहिले खोप सञ्चालन भइरहेका जिल्लाभित्रका १७ वटै खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए । आइतबार बसेको जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि पहिलो र दोस्रो मात्रा लागिरहेकै खोप केन्द्रबाट तेस्रो मात्रा लगाउन मिल्ने गरी निर्णय गरेको कार्यालय प्रमुख काफ्लेले बताए ।

बुस्टर डोज लगाउन अग्रपङ्तिमा रहेका व्यक्तिहरुले आफ्नो परिचय पत्र र पूर्ण खोप लगाएको खोप कार्ड लिएर जानु पर्नेछ ।

बुस्टर डोज लगाउन पूर्ण खोप लगाएको कम्तिमा ६ महिना पूरा भइसकेको हुनुपर्ने छ ।

यी हुन खोप केन्द्र–

१ आर्मी अस्पताल
२ प्रहरी अस्पताल
३ सशस्त्र प्रहरी अस्पताल
४ शिक्षण अस्पताल, महाराजगञ्ज
५ वीर अस्पताल
६ प्रसुती गृह थापाथली
७ टेकु अस्पताल टेकु
८ सुभेक्छ्या अस्पताल सीतापाइला
९ जनमैत्री अस्पताल बालाजु
१० पिपुल्स डेन्टल कलेज सामाखुशी
११ नर्भिक अस्पताल थापाथली
१२ नोबेल अस्पताल सिनामंगल
१३ वयोधा अस्पताल सानेपा
१४ शहीद मेमोरियल कलंकी
१५ नयाँ बसपार्कमा
१६ एपेक्स पोली क्लिनिक जडिबुटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *