एकै दिन ६७३४ जनामा कोरोना संक्रमण

maitrinews

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार १४ हजार १४ जनामा पीसीआर परीक्षण र ३ हजार ४ सय ५१ जनामा एन्टिजेन परीक्षण गर्दा ६ हजार ७ सय ३४ जनामा संक्रमण देखिएको हो ।
योसँगै अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ६१ हजार ९ सय ४० पुगेको छ ।

सोही अवधिमा ५४७ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १६ हजार ९ सय ८५ पुगेको छ ।

त्यस्तो २४ घण्टायता ३ जना संक्रमितको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा ९ जिल्लामा ५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङ‚ सुनसरी‚ काठमाडौं‚ ललितपुर‚ भक्तपुर‚ चितवन‚ कास्की‚ रुपन्देही र कैलालीमा ५ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।