प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुरधाम

 

जनकपुरधाम । प्रदेश २ को नाम मधेश प्रदेश कायम भएको छ ।प्रदेशको नामाकरणसम्बन्धी प्रस्तावमा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । जसको पक्षमा ८० मत खसेको थियो । यो प्रदेशभसा बैठकको दुई तिहाई बहुमतभन्दा बढी हो ।

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । सोमबार भएको मतदानबाट स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ बहुमतले पारित भएको हो । मतदानमा ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेको सभामुख सरोजकुमार यादवले बताए ।

प्रदेश सभामा रहेका कुल १०४ जना सांसद सङ्ख्याको दुई तिहाइ मत भएकाले जनकपुरधाम स्थायी राजधानीको रूपमा दुई तिहाइ बहुमतले पारित भएको यादवले बताए ।

जनकपुरधामको प्रस्ताव पारित भएपछि राजधानीको अन्य प्रस्ताव स्वतः अस्वीकृत भएको छ । राजधानी जनकपुरधामको विपक्षमा २१ मत खसेको थियो ।

प्रदेश सांसद परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले राजधानी जनकपुरधाम प्रस्ताव गरेका थिए ।

राजधानी जनकपुरधामको क्षेत्र उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा तोक्न प्रस्ताव गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *