६ हजार ४६२ नयाँ संक्रमित

 

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ४६२ नयाँ संक्रमित बनेका छन् भने १ हजार ४१६ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ४३७ परीक्षण गरिँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको हो ।

१३ हजार ३७७ पीसीआर परीक्षण हुँदा ५ हजार ५५८ र ४ हजार ६० एन्टिजेन परीक्षणमा ८६४ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा ४ जनाको मृत्यु भएको छ । अघिल्लो दिन शनिबार भने १६ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार २४ घण्टामा ४९ हजार ४७३ ले खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *