माओवादीसँग चुनावी तालमेल हुँदैन : पोखरेल

maitrinews

 

भरतपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदा खाँदाको सरकार ढाल्ने शक्तिसँग गठबन्धनको संभावना नरहेको बताउनुभएको छ ।
भरतपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले एमालेसँग गठबन्धनका लागि छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको बताउनुभयो ।

माओवादी नेता वर्षमान पुनले आत्मआलोचना गरे एमालेसँग गठबन्धन हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो ।
‘जसले पार्टी विभाजन गरेर हुँदा खाँदाको कम्युनिष्ट सरकार ढालेर अपराध कर्म गर्‍यो त्यो शक्तिसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन,’ उहाँले भन्नुभयो, ‘दुई पार्टीका नेताहरुका बीचमा भेटघाट हुन सक्छ, भेट हुँदा राजनीतिक विषयमा कुरा, समीक्षा हुन सक्छ तर गठबन्धनका लागि छलफल चलेको भन्ने कुरामा सत्यता छैन।’