श्रम स्वीकृति लिने बढे

 

काठमाडौँ । कोरोना महामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तंग्रिएको छ । २०७८ साल सुरु भएयताको ११ महिनामा वैदेशिक रोजगारमा जान साढे चार लाख बढीले श्रम स्वीकृति लिएका छन् ।

विभागले २०७८ वैशाखदेखि फागुन मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको जनाएको छ । ‘कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या पहिलेकै अवस्थामा पुगेको छ,’ वैदेशिक रोजगार विभागमा सूचना अधिकारी कृष्णप्रसाद भुषालले भन्नुभयो । उहाँकाअनुसार पछिलो ११ महिनामा कुल चार लाख ५४ हजार ७० जनाले विभागबाट श्रम स्वीकृति लिइसकेका छन् ।

सो समयमा औसतमा प्रत्येक महिना ४१ हजार २८० जनाले श्रम स्वीकृति लिएको देखिन्छ । अहिलेकै गतिमा श्रम स्वीकृति लिनेको संख्या बाँकी एक महिनामा पनि बढ्यो । यो वर्ष करिब पाँच लाख जना वैदेशिक रोजगारमा जाने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *