गठबन्धन बैठकमा चुनावबारे छलफल

 

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धनको बैठक बसेको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका शीर्षनेता सहभागी हुनुहुन्थ्यो ।