विराटनगरमा काँग्रेस एक्लै चुनाव लड्ने

 

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय चुनावमा विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नरहेको निर्णय गरेको छ । दुई दिन अगाडि बसेको नगर समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘विराटनगरमा कुनै पनि किसिमको गठबन्धनको आवश्यकता छैन ।

विराटनगरमा १९ वटा वडा तहसम्मै गठबन्धन हुँदैन,’ नगर सभापति दीपक चापागाईँले भन्नुभयो, ‘केन्द्रले स्थानीय अवस्था हेरेर तालमेल गर्ने निर्णय गरिसकेको छ । केन्द्रले विराटनगरको विषयमा निर्णय गर्ने कुरा भएन । हामी स्थानीय तहले अवस्था हेरेर निर्णय गर्ने भनेपछि केन्द्रले लाद्न पाउँदैन ।’