आज वर्षाको सम्भावना

 

काठमाडौं । देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भवना रहेको छ ।

आज ९मंगलबार० बिहान देशका पहाडी भू(भागमा आँशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भूभागमा भने आँशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो भने प्रदेश(१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू(भागमा भने आँशिक बदली रहनेछ । प्रदेश(१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको समेत सम्भावना रहेको छ।

मंगलबार राती भने देशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू(भागमा भने आँशिक बदली रहनेछ।

प्रदेश(१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *