चुनाव रोके मुलुक दुर्घटनामा

विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताउनुभएको छ ।

उहाँले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएका भन्दै अब निर्वाचनको मिति सार्ने काम कोही कसैबाट हुन नहुने बताउनुभयो ।

निर्वाचन आयोग नेपालले विराटनगरमा आज आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्धबोधन गर्नुहुँदै आयुक्त थपलियाले निर्वाचन प्लेनको उडानमा हैन, रकेटको गतिमा अघि बढेको भन्दै अब स्थगित गर्न खोजे मुलुक दुर्घटनामा जाने बताउनुभयो ।

उहाँले प्रत्येक जिल्लामा निर्वाचन अधिकृत तोक्नेदेखि मतपत्र छाप्ने काम भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *