तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसबाट चित्र केसी बलिया उम्मेदवार

 

रुपन्देही । स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदा यतिवेला नगरपालिकामा राजनीतिक दलका नेताहरूबीच आन्तरिक दौडधूप तीव्र बनेको छ ।
मेयरको रुपमा आफुलाई उभ्याउन हरेक पार्टीमा आकांक्षी पनि धेरै देखिएका छन् ।
त्यसमध्ये नेपाली कांग्रेसको तर्फबाट तिलोत्तमा नगरपालिकामा चित्रबहादुर केसी बलिया दाबेदार मानिएका छन् । नेपाली कांग्रेसका पुराना नेताका रुपमा चिनिएका केसी तिलोत्तमाबासीका जनतामा पनि लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।
केसीले नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनिती सुर गरेका हुन् । विद्यार्थीकाल देखिनै पार्टीमा निकै संघर्ष र योगदान दिएकाले नेपाली कांग्रेसमा उनको गर्विलो इतिहास छ । कुशल व्यवहार, बौद्धिक, ईमान्दार र मिलनसार नेताको रूपमा चिनिने उनी पनि नेपाली कांग्रेस महासमिति सदस्य हुन् । केही वर्ष युएईमा बसेका उनले नेपाली काङ्ग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति युएईको संस्थापक सभापति रहेर काम गरे ।
विदेशमा रहेका कांग्रेसमा आस्था राख्ने नेता कार्यकर्तालाई एकीकृत गर्न उनको महत्वपूर्ण भूमिका छ । उनले टिकट पाएमा फरक विचार राख्ने व्यक्तिले समेत उनलाई समर्थन र मत दिने आँकलन तिलोत्तमा नगरभित्र हुने गरेको छ ।

केसी २०३३ साल मङसिर २१ गते सल्यान–३ बागलुङ मा आमा देउरुपा के।सीको कोखबाट जनिमएका हुन् भने उनका बाबु पूर्ण बहादुर केसी हुन् । बाग्लुङमा जन्मिएका केसी हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–३ का स्थायी बासिन्दा हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका केसीले २०४३ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । २०४६ सालमा देशभर सुरु भएको जनआन्दोलनमा बाग्लुङबाट सशक्त भुमिका निर्वाह गरेका थिए । नेवि सघं प्रतिको लगाव र इमान्दारिता देखेर २०४७ साल देखि २०५४ साल सम्म नेपाल विद्यार्थी संघ सल्यान गाउँँ इकाईको सभापतिमा निर्वाचित बने ।
२०४७ सालमा श्री उदय मावि गुल्मी शान्तिपुरको नेपाल विद्यार्थी संघ इकाई सचिव बने भने त्यसको एक वर्षपछि २०४८ सालमा सोहि विद्यालयको नेवि संघ ईकाई सभापति भए ।
२०४९ सालमा नेवि संघको नवौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएभने २०५० देखि ०५२ सम्म त्रिभुवन बहुमुखि क्याम्पस तानसेन पाल्पाको नेवि संघ धौलागिरी समन्वय समितिको अध्यक्ष बने । २०५३ देखि २०५६ सालसम्म नेवि संघ बागलुङ क्षेत्र नम्बर–२ क्षेत्रीय अध्यक्ष, २०५५ सालमा आमन्त्रित जिल्ला सदस्य हुँदै २०५४ देखि २०५८ सालसम्म त्रिचन्द्र कलेज काठमाडौंमा सक्रिय राजनीति भूमिकामा निर्वाह गरे ।
२०६६ देखि २०७३ सम्म लगातार दुई कार्यकालसम्म नेपाली जनसम्पर्क समिति युएईको संस्थापक सभापति बने भने नेपाली कांग्रेस १३ र १४ औ महाधिवेशनमा नेपाली कांग्रेस महासमिति सदस्यमा निर्वाचित बने । २०७३ देखि ०७४ सम्म नेपाली जनसम्पर्क समिति युएईको संरक्षक तथा प्रमुख सल्लाहकार, २०७२ देखि ०७४ सम एनआरएनएको केन्द्रिय सदस्यमा रहेर काम गरे भने २०५१ सालमा राजनीतिक मुद्दामा सार्वजनिक केश दर्ता भई नेपाल प्रहरी मोस्ट वांटेड सूचीमा परेका थिए ।
रूपन्देहीको रुद्रपुर र हरैयामा सुरक्षाको लागि ३५ दिन भूमिगत हुन पुगे । २०५६ साल वैशाख ३० गते संसदीय चुनावी अभियान अन्तर्गत सुखौरा भन्ने गाउँमा राष्ट्रिय जनमोर्चाको कार्यकर्ताले भौतिक आक्रमण गरि बायाँ खुट्टा भाचिएको थियो ।

उनले२०५२ देखि ०५४ सालसम्म श्री हरीचौर मावि गुल्मीमा अध्यापन गरे
केसी२०५८ देखि ०६१ सम्म तीन वर्ष नेपाल प्रहरीको अधिकृतमा सेवा गरि तत्कालीन माओवादीको दबावमा सेवाबाट हटन बाध्य भए ।
उनीएक वर्ष एस आर ड्रगस ल्याबोटोरिज सतुङगत काठमाडौँमा प्रशासन म्यानेजरको रूपमा कार्यरत रहेका थिए ।

यो सँगै उनी जिपी कोईराला फÞाउण्डेशन लुम्बिनी प्रदेशको सल्लाहकार, नेपाल प्रजातांत्रिक महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष, बरेङ चन्द्रकोट सम्पर्क समिति रूपन्देहीको अध्यक्ष, बागलुङ सेवा समाज युएईको संस्थापक वरिष्ठ सल्लाहकार, २०७३ देखि ०७४ सम्म लुम्बिनी सम्पर्क समिति युएईको संरक्षकको रुपमा काम गरिसकेका छन् । २०७१ देखि ०७४ एनआरएनए एनसिसी यूएइ तथा नेपाली समाज युएईको सल्लाहकार बनेर काम गरे ।
यस्तै उनी अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समिति विश्व संजालको उपसभापति, व्यवसायिक रुपमा तिनाऊ रिभरसाइड रिसोर्ट दोभान, पाल्पाको अध्यक्ष पनि हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *