एमालेले बनायो स्थापितलाई काठमाडौं महानगर प्रमुखको उम्मेदवार

maitrinews

 

काठमाडौं । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिनुभएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको हो ।

आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिनुभयो । उहाँ डोरमणी पौडेल मुख्यमन्त्री हुँदा भौतिक पूर्वाधारमन्त्री समेत बन्नुभएको थियो ।

राजीनामा दिँदै उहाँले त्रिचन्द्रलाई विश्वस्तरीय शिक्षालय बनाउने आफ्नो योजना रहेको सुनाउनुभयो । मुलुककै जेठो कलेज भएकाले पहिला त्रिचन्द्र कलेजलाई आफूले रोजेको र त्यसपछि अन्य कलेजहरूको सुधार गर्ने उहाँले बताउनुभयो ।
स्थापित २०५४ मा काठमाडौँको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।