न्युयोर्कमा नेपाली लोक दोहोरी गुन्जियो

maitrinews

न्युयोर्क । कोरोना महामारीका कारण बन्द भएका रेस्टुरेन्ट, होटेल, पार्टी प्यालेस, सभा सम्मेलन दुई वर्षपछि न्युयोर्कमा पुन : सञ्चालनमा आएका छन् । न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरमा बेलुकी ७ बजेदेखि राति ११ बजेसम्म नेपाली लोक दोहोरी घन्किन थालेको छ । यहाँ साताको तीन दिन बुधबार, शनिबार र आइतबार लोक दोहोरीको मज्जा लिन पाइने भएको छ ।
यसै सिलसिलामा नेपाली कला र संस्कृतिको जगेर्ना तथा प्रचार प्रसार गरेकोमा स्याङ्जा समाज अमेरिकाले एक कार्यक्रमको आयोजना गरी नेपाली भान्साघरकी सञ्चालिका विमला हमाल श्रेष्ठलाई सम्मान गरेको छ ।
कार्यक्रममा बरिष्ठ पत्रकार तथा नेपाली लोक संगीत र नेपाली कलाकारलाई माया गर्दै आएका सन्त रिसाल, बरिष्ठ बाद्यवादक न्हुच्छेनारायण डंगोल, बरिष्ठ गायिका संगीता थापा र गायक मधुर गिरीलाई पनि सम्मान गरियो ।
सम्मान गर्नेहरुमा स्याङ्जा समाज अमेरिकाका प्रतिनिधि, एनआरएन न्युयोर्क च्याप्टरका पदाधिकारी तथा बरिष्ठ पत्रकार दिवाकर बाघचन्दलगायत हुनुहुन्थ्यो ।