उत्तर कोरियाले परमाणु अस्त्रको संख्या बढाउने

प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ उनले आफ्नो देशले परमाणुअस्त्रको सङ्ख्या बढाउने उद्घोष गरेका छन्।
सोमवार राति आयोजित एउटा सैन्य परेडमा सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने घोषणा गरेका हुन्।
उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र आईसीबीएम पनि प्रदर्शन गरिएको थियो।

गत मार्च महिनामा उत्तर कोरियाले सन् २०१७ यता सबैभन्दा ठूलो आईसीबीएम परीक्षण गरेको थियो।

अन्तर्राष्ट्रिय समुदायले उक्त परीक्षणको व्यापक आलोचना तथा निन्दा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *