स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ

 

बुटबल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले घरभित्रै गएर महिला तथा बालबालिकामाथि कुटपिट गरेकी छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै घुसेर मंगलबार बिहान राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी हुन्।
मन्त्री आफैँ अर्काको घरभित्र गएर कुटपिट गर्नुका साथै लत्ताकपडासमेत फालिदिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।
आरोपित राज्य मन्त्री वलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *