सेयर बजार हरियाली, नेप्से ३.०३ प्रतिशतले वृद्धि

काठमाडौं : मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३.०३ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार नेप्से ६१.०५ अंकले वृद्धि भएर दुइहजार ७८.५१ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा हरीयाली हुँदा कारोबार रकम बढेको छ । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक ७.२२ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ५.१० प्रतिशले बढेको छ । यस्तै हाइड्रोपावर, लघुवित्त अन्य र व्यापार क्षेत्रका कम्पनीको सेयरमूल्य तुलनात्मक रुपमा उच्च वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेर आइतबार बजारमा २ अर्ब ७३ करोड ९ लाखको कारोबार भएको छ । कारोबार अवधिभर १८० कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयरमूल्य बढेको छ । एक कम्पनीको मात्रै सेयरमूल्यमा गिरावट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *