मन्दाकिनी हाइड्रोपावरको आइपिओ आजदेखि निष्काशन

काठमाडौं : मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज साउन ९ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकोे हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर मध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *