खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्दै लक्ष्मी क्यापिटल
काठमाडौं : साउन १९ गतेदेखि लक्ष्मी क्यापिटलले खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले शुभ लक्ष्मी कोष निष्काशन गर्न लागेको हो ।
उक्त योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्काशन गर्नेछ । सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।
उक्त फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।