तीव्र उतारचढावका बीच नेप्से झिनो अंकले बृद्दी

काठमाडौं : साताको दोस्रो कारोबार दिन तीव्र उतारचढावका बीच नेप्से झिनो अंकले बृद्दी भइ बन्द भएको छ ।

यस दिन नेप्से तीव्र उतारचढावका बीच १.१५ अंक बढेर २१९६.२५ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.९४ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ ।

अघिल्लो कारोबार दिन ४ अर्ब ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २१७ स्टकको ६७ हजार २०५ पटकको कारोबारमा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *