सयपत्री हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं : सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत कर्मचारीको लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार ११ लाख ९५ हजार ८७५ आवेदनबाट १ करोड ३६ लाख ४८ हजार ८०० कित्ता शेयरको लागि आवेदन परेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।