नाइजेरियामा सशस्त्र आक्रमणमा सात जनाको मृत्यु

एजेन्सी : नाइजेरियाको पठारमा आइतबार राति भएको सशस्त्र आक्रमणमा सात जनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन् ।

अज्ञात बन्दुकधारीहरूले आइतबार राति राज्यको डान्डा चुग्वी गाउँमा हमला गरेका पठारमा प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रहरीका अनुसार घाइते दुई जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेका छन् ।

सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी देशमा हालैका महिनाहरूमा श्रृंखलाबद्ध रुपमा आक्रमणहरू भइरेहको प्रहरीले जनाएको छ ।