श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं : श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ ।

नेपालगञ्जबाट श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान यात्रु लिएर काठमाडौंका लागि उडेको केही समयमा आकस्मिक अवतरण गर्नु परेको हो ।

काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।

उक्त विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *