मंसिर पहिलाे हप्ता निर्वाचन गर्ने सरकारकाे निर्णय
काठमाडौं : सरकारले प्रतिनिधि सभा र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बुधबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।
निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो ।
यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो ।
