भारतबाट सुन र गरगहना चोरेको आरोपमा थप ३ जना पक्राउ

काठमाडौं : बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको मुम्बई जाने क्रममा पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने भारतको पञ्जावमा भएको सुन चोरीको घटनामा जोडिएको प्रहरीले जनाएको छ ।

लामिछाने सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले लामिछानेसँगै भारतबाट सुन चोरी र ओसारपसारको कार्यमा संलग्न अन्य तीन जनालाई पनि पक्राउ गरिएको जानकारी दिए ।

भारतीय दूतावासमार्फत आएको उजुरीअनुसार एक करोड रुपैयाँ भन्दा धेरैको सुन चोरी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसहितका अन्य व्यक्तिलाई पक्राउ गरिएको डीएसपी जोशीले बताए ।

यो घटनाको अनुसन्धानमा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत खटिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *