चीनले गरे ताइवान नजिकै २ मिसाइल प्रक्षेपण

एजेन्सी : चीनले ताइवान नजिकै २ मिसाइल प्रक्षेपण गरेको छ । ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा क्षेप्यास्त्र ड्रिल जोनबाट प्रक्षेपण गरेको हो ।

अमेरिकी सभामुख नेन्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य गतिविधि बढाएको छ ।

चीनले आजदेखि पाँचदिनसम्म सैन्य अभ्यास जारी रहने बताएको छ । अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सैन्य अभ्यासलाई जी सेभेन मुलुकहरुले विरोध गरेका छन् भने आसियन मुलुकले भने समर्थन गरेका छन् ।