विस्थापित हुँदै तनहुँमा तोरी पेल्ने मिल

तनहुँ : तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुँदै गएका छन् । कुनै समयमा रातभर जाग्राम बसेर बोराका बोरा तोरी पेल्ने तनहुँमा आजभोली तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको छ ।

व्यास नगरपालिका–४ का आशकुमार श्रेष्ठले विसं २०३२ सालमा करिब रु ४० हजार लगानी गरी सदरमुकाम दमौलीमा तोरी मिल सञ्चालन गरेका थिए । तोरी मेल सञ्चालन गर्ने उहाँ पहिलो नै व्यक्ति हुनुहुन्छ ।

अन्य महिनामा बीस/पच्चीसजना मानिस दैनिक तोरी पेल्न आउने गरे पनि वर्षायाममा मुस्किलले दुर्ई/तीन जना हुने गरेको सञ्चालक श्रेष्ठ बताउनुहुन्छ ।

युवा जनशक्ति वैदेशिक रोजगारीमा गएपछि छोरीबुहारी छोराछोरी पढाउन सहरमा जाँदा बुढाबुढी मात्रै एक्ला गाउमा रहेका कारण तोरी खेतीतर्फ आकर्षण कम भएको उहाँको भनाइ छ ।

पहिला पहिला बिहानदेखि राति अबेरसम्म ८/९ मुरी तोरी पेल्ने गरेकोमा आजभोली फाट्टफुट्ट मात्र पेल्ने गरेका छन् ।

सञ्चालक श्रेष्ठका अनुसार पछिल्लो समय तोरीका साथै गहुँ,मकैलगायत पनि पिस्ने गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *