मतदाता नामावली संकलन आजबाट स्थगित : निर्वाचन आयोग
काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य आजदेखि स्थगित गरेको छ ।
मंसिरमा पहिलाे हप्तामा चुनावको मिति घोषणा भएको पत्र पाउनासाथ निर्वाचन आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम स्थगित गरेको हो ।
मतदाता नामवली अध्यावधिक गर्नका लागि कम्तिमा पचास दिन समय लाग्न आयोगले जनाएको छ ।
आयोगले आगामी निर्वाचनमा करिव दश लाख मतदाता थपिने अनुमान गरिएको छ ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता नामवली दर्ता भएको थियो ।
