सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूसहितको बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
चुनावको मिति घोषणा गरेपछि गठबन्धन दलका नेताहरूको बैठक बसेको हो । बैठकमा सत्तारूढ दलका अन्य नेताहरु पनि सहभागी छन् ।
बैठकमा चुनावी तालमेलका साथै लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल हुने स्रोतले बताए ।
सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अहिलेको गठबन्धन चुनावसम्मै कायम रहने बताउँदै आएका छन् ।
नेताहरुका अनुसार गठबन्धन बैठकले दलहरुकाबीच सिट बाँडफाँटका बिषयमा तालमेलको मोडालिटीमा छलफल हुनेछ ।
