साताकाे अन्तिम दिन पनि शेयर बजारमा गिरावट

काठमाडाैं : शुक्रबार पनि शेयर बजारमा गिरावट आएको छ । केहि दिन अघिदेखि घट्न थालेको शेयर बजार शुक्रबार पनि ३४.६१ अंकले घटेको छ ।

शुक्रबार नेप्से सूचक ३४.६१ अंकले घटेर २११३.५५ विन्दुमा झरेको छ । बिहीबार नेप्से सूचक ३८.६१ अंकले घटेर २१४८.१६ अंकमा रोकिएको थियाे ।

शुक्रबार दुई घण्टाको कारोबारमा २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ कित्ता शेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ । यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४० प्रतिशतले घटेको छ ।