दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३७ घाइते

एजेन्सी : दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।

राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।

अस्पतालको भवनमा चार तले थियो । भवनको चौथो तल्लामा डायलासिसका बिरामीहरू उपचाररत थिए । अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन जना बिरामी र एक नर्स छन् भने बाँकी एकको पहिचान हुन सकेको छैन ।