जापान पुगे अध्यक्ष प्रचण्ड
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् ।
जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न साथै प्रचण्डलाई नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन् ।
प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान गएका हुन् ।
सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छन् ।
