नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युड को भूकम्प
काठमाडौं : शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युड भूकम्प गएको हो ।
पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।
गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
