स्मार्ट डोकोको रक्षा बन्धन अफर
काठमाडौं : स्मार्ट डोको अनलाइन मेघास्टोरले रक्षा बन्धन अफर ल्याएको छ ।
कम्पनीले ह्याप्पी रक्षा बन्धन अफर ल्याएको हो ।
कम्पनीले हरेक अर्डरमा निःशुल्क राखी र राखी गिफ्ट बास्केटमा फ्री डेलिभरी प्रदान गर्दै आएको छ ।
स्मार्ट डोको अनलाइन मेघास्टोरसँग रक्षा बन्धनका लागि गज्जबको उपहारहरु स्मार्ट वाच, ब्लुटुथ वायरलेस, इयरबडहरू, सामसुङ स्मार्टफोनहरू, परफ्युमहरू, गहनाहरू र अन्य धेरै सामग्रीहरु छन् । यी सामग्रीहरुमा ३७ % सम्म छुट रहेको छ ।
ग्राहकहरूले आफ्नो मनपर्ने उत्पादनहरू स्मार्टडोको एप मार्फत आफ्नो एन्ड्रोइड वा आईओएस डिभाइस वा स्मार्टडोको वेबसाइटमा डाउनलोड गरी अर्डर गरेर यो अफरको फाइदा लिन सक्नेछन् ।
कम्पनीले नेपालभर ७७ जिल्लामा डेलिभरी गरिरहेकाे छ । यो अफर ६, अगस्ट देखि ११, अगस्ट २०२२ सम्म रहेको कम्पनीले जनाएकाे छ ।
