मेलम्ची तटीय क्षेत्र जोखिम, सतर्कता अपनाउन आग्रह
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची तटीय क्षेत्र जोखिममा परेको छ । जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको कारण जोखिममा परेको हो ।
सिन्धुपाल्चोकमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी लगाएतका खोलाक्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
शाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।
तालामाराङका स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताउनुभयो ।
मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
